लागूऔषध मुद्दामा फरार १० बर्ष पछि धनगढीका युवक पक्राउ
धनगढी : कैलालीको धनगढीबाट प्रहरीले लागूऔषध मुद्दाका फरार युवकलाई १० बर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–६ का ३४ वर्षीय आशिष भनिने नविन देउवा रहेका हुन् ।
जिल्ला अदालत कैलालीले उनलाई २०६९ चैत १३ गते १ वर्ष ३ महिना २८ दिन कैद सजाय र ७ हजार ५ सय जरिमानाको सजाय सुनाएको थियो । त्यसपछि फरार सूचीमा रहेका देउवालाई आज मंगलबार उपमहानगरपालिकाको वडा नम्बर ४ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनलाई पक्राउपछि जिल्ला अदालतमा पेश गरेकोमा अदालतले कैद भुक्तानका लागि कारागार चलान गरेको प्रहरीले जानकारी दिएको छ ।