धार्मिक शान्ति पदयात्रामा प्रधानमन्त्री पत्नी आरजु
धनगढी : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवा पदयात्रामा सहभागी भएकी छन्। मंगलबार धनगढी पुगेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी आरजु बुधबार सकल जैन समाजले आयोजना गरेको शान्ति पदयात्रामा सहभागी भएकी हुन्। शान्ति पदयात्रा सेती प्रादेशिक अस्पतालदेखि ओम पार्टी प्यालेससम्म आयोजना गरिएको थियो। उक्त कार्यक्रममा मानव मिलनका संस्थापक नेपाल केसरी डा मणिभद्र मुनिजी महाराज एवं विराग मुनिजी महाराजले प्रवचन दिइरहेका छन्।
धनगढी बजारमा गरिएको पदयात्रामा आरजुसँगै धनगढीका मेयर नृप वड, कैलालीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायत धार्मिक अगुवाहरुको सहभागिता रहेको थियो।