Agni Offset Press

कैलाली सुनचादी ब्यवसायी संघको अध्यक्षमा : यदु सुनार

Aarati simant

अत्तरिया : कैलाली सुनचादी ब्यवसायी संघको अध्यक्षमा यदु सुनार निर्वाचित भएका छन् । संघको धनगढीमा सम्पन्न दोस्रो अधिवेशनबाट सुनार अध्यक्षमा निर्वाचित भएका हुन् । संघको अध्यक्षमा निर्वाचित सुनारले ८९ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी मेघराज लामिछानेले ६१ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी संघको उपाध्यक्षमा सकुन्तला सोव, उपाध्यक्षमा राजिव शाह, सचिवमा देव पार्की, सहसचिवमा प्रकाश भण्डारी, कोषाध्यक्षमा प्रेम विक सेन्चुरी, सहकोषाध्यक्षमा रामकुमार सुनार निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा मानबहादुर सोव, प्रकाश सोव, विनोद बर्मा, केशव सोव निर्वाचित भएका छन् ।
संघको अध्यक्षमा निर्वाचित यदु सुनारले सवै सुनचादी ब्यवसायीको हक हितमा आफूले काम गर्ने बताउदै संघको विधान अनुसार कार्य समिति सदस्यमा दानु रसाईली र बिनोद सुनारलाई मनोनित गरिएको बताए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.