Agni Offset Press

नवजीवन अस्पतालले म्याद गुज्रिएको औषधि बेचेपछि २ लाख रुपैयाँ जरीवाना

Aarati simant

अत्तरिया : धनगढीको नवजीवन अस्पातालले म्याद गुज्रिएको औषधि बेचेको पाइएपछि जरीवाना गरिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका ४ रातोपुल रहेको अस्पातालले एक बालकलाई म्याद गुज्रिएको औषधी बिक्रि गरेको भेटिएको हो ।

अस्पतालमा उपचाररत एक बालकलाई म्याद गुज्रिएको औषधि बेचेको भन्दै आफन्तहरू उजुरी लिएर कार्यालय पुगेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीले अनुगमन गरेर बिहीबार २ लाख रुपैयाँ जरिवाना गराएको हो ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका निमित्त प्रमुख ललित प्रसाद पन्तले अस्पताललाई सचेत गराउँदै २ लाख रुपैयाँ जरिवाना गरिएको बताए । उनले उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुदूरपश्चिम प्रदेशले जरिवाना गरेको जानकारी दिए ।

उता अस्पतालका डाक्टर निरज अर्यालले बिरामीका आफन्तले जबरजस्ती औषधि लिएर गएको जिकिर गरे। उनले अस्पतालमा कार्यरत १०४ जना कर्मचारीको आफूले जिम्मेवारी लिन नसक्ने बताउँदै औषधि बेच्ने कर्मचारीलाई सचेत गराएको बताए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.