Agni Offset Press

बझाङमा काँग्रेसबाट निर्वाचित वडा अध्यक्षले ५ बर्षको पारीश्रमिक विद्यालयलाई दिए

Aarati simant

बझाङ : बझाङको जयपृथ्बी नगरपालिका वडा नं. १० का वडा अध्यक्ष दलबहादुर विष्ट (कृष्ण) ले आफुले ५ बर्षमा पाउँदै आएको पारीश्रमिक स्थानीय विद्यालयलाई दिएका छन् ।
स्थानीय सत्यबादी माद्यामिक विद्यालयलाई वडा अध्यक्ष विष्टले दिएका हुन् । शुक्रबार एक कार्यक्रमको आयोजना गरि वडा अध्यक्ष विष्टले कृष्ण पुष्पा फाउण्डेसनको नामबाट सत्यबादी माद्यामिक बिद्यालयलाई १५ लाख रुपयाँको चेक हस्तान्तरण गरेका हुन् । उनी काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन् ।
जयपृथ्बी नगरपालिका १० सदरमुकाम चैनपुरका स्थानीय समेत रहेका बिष्ट २०७४ सालको आम निर्वाचनमा कांग्रेसबाट वडा अध्यक्षमा विजयी भएका थिए । वडा अध्यक्षमा विजयी भएपछी विष्टले ५ बर्षको अवधिमा पाउने सम्पूर्ण पारिश्रमिक सत्यबादी माद्यामिक बिद्यालयलाई दिने घोषणा गरेका थिए । बिष्टले यस अगाडि समेत सदरमुकाम चैनपुरमा रहेका बिपन्न बादी समुदायलाई दशै तिहारमा चाड खर्च लगायतका समान दिएर समेत सहयोग गर्दै आएका थिए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.