
उर्जा प्रवद्र्धनका लागि राजनीतिक दलको प्रतिवद्धता
६९ प्रतिशत घर परिवारले गर्छन परम्परागत उर्जाको प्रयोग

धनगढी,१२ चैत : खाना पकाउने सफा उर्जा प्रवद्र्धनका लागि यहाँका सक्रिय राजनीतिक दलका प्रतिनिधिहरुले प्रतिवद्धता जनाएका छन । नेपाल उर्जा प्रतिष्ठानको आयोजना तथा कैलाली कञ्चनपुर ग्रामीण विद्युतिकरण छाता सगंठन गोदावरी कैलालीको सहकार्यमा भएको ‘खाना पकाउने सफा उर्जा र स्थानीय सरकारको भूमिका’
विषयक कार्यक्रममा दलका प्रतिनिधिहरुले सफा उर्जा प्रवद्र्धनका लागि प्रतिवद्धता जनाएका थिए । खाना पकाउनको लागि प्रयोग गरिने परम्परागत उर्जा स्वास्थ्यको लागि हानिकारक देखिएकोले उनीहरुले सफा उर्जा प्रवद्र्धनमा जोड दिएका हुन ।
नेपाली काँग्रेसका प्रदेश सदस्य रामबहादुर देउवा विद्युत जनजिविकासँग जोडिएकोले स्थानीय सरकारको पहलमा महशुलमा छुट गराउनु पर्नेमा जोड दिएका थिए । उनले गरिव तथा विपन्न, सिमान्तकृत र बञ्चितिकरण एवं जोखिममा परेका घर परिवारले बत्ती बाल्न र खाना पकाउनका लागि उपयोग गर्ने विद्युत तथा अन्य उर्जाको महशुलमा पूर्ण छुट वा अनुदानको प्रबन्ध गर्नुपर्ने बताए ।
अन्य सबै घर परिवारले खाना पकाउनका लागि उपयोग गर्ने कम्तीमा १०० युनिटसम्मको विद्युत खपतमा लाग्ने महशुल छुट गरी सबैका लागि सधैका लागि स्वच्छ उर्जा भन्ने अवधारणा सहितउर्जा न्याय पाउने आब सबै दलले चुनावी घोषणापत्रसँग जोडनुपर्छ । परम्पगगत उर्जा भन्दा आधुनिक उर्जा सस्तो भएकोले आफनो दलको तर्फबाट प्रवद्र्धन गर्ने उनले प्रतिवद्धता जनाए । नेकपा एमालेका प्रदेश कमिति सदस्य यज्ञराज बास्तोला समाजमा भएको वर्गको पहिचान गरेर अघि बढनुपर्नेमा जोड दिएका छन । समाजमा गरिव तथा विपन्न, सिमान्तकृत र बञ्चितिकरणमा परेका समुदायलाई विद्युतमा विशेष छुट र इन्डेक्स चुल्होमा अनुदानको व्यवस्था गर्न सके सफा उर्जासँग जोडन सजिलो हुने बताएका छन । उनले कतिपय ठाउँमा विद्युतको व्यवस्था छैन आब योजनाअनुसार विद्युत विस्तार गरेर अघि बढनु पर्ने बताए ।
नेकपा माओबादी केन्द्रका प्रदेश कमिति सदस्य उद्धव भट्टराई दिगो विकास लक्ष्य र नेपालका आवधिक विकास योजना तथा उर्जा नीतिहरुले परिकल्पना गरे अनुसार सबै घर परिवारमा बत्ती बाल्न र खाना पकाउनका लागि किफायती, विश्वसनीय, दिगो र आधुनिक उर्जामा पहुँच सुनिश्चत् गर्न सवै दलको प्रतिवद्धता आवश्यक रहेको बताए ।
नेकपा एकिकृत समाजबादीका प्रदेश कार्यालय सचिव सुरेन्द्रमान कार्की कतिपय नेपाली आमा आगि फुकी खाना पकाउदा जलेर मृत्यु भएका बताए । उनले भने । ‘नेपाल जलस्रोतको धनि देश हो तर त्यसबाट विजुली वत्ती उत्पादन गर्न नसक्नु विडम्वाना हो । परम्पगत उर्जा मानव स्वास्थ्य र वातावरणको हानिकारक भएकोले आब सफा खाना पकाउने उर्जा प्रवद्र्धनका लागि प्रतिबद्ध हुनुपर्छ ।’ अगाडिका निर्वाचनमा संसारमा नभएको कुरा घोषणापत्रमा उल्लेख गर्ने तर कार्यान्वयन चाही नगरेकोले घोषणपत्र जारी गर्दा कार्यान्वयनमा जोड दिएका छन । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य होरीलाल चौधरी फोहोर मैला गर्न सकेमात्र ग्याँस उत्पादन गर्न सक्ने बताए । नेपालमा जलस्रोत र वन जंगलबाट फाइदा लिन सके परम्परागत उर्जाको प्रयोग गर्नैपर्दैन उजले बताए । जलस्रोतबाट विद्युत र सामुदयिक वनमा खेरा गैरहेको पाटपटिङर, कुकाठ पेलेर ग्याँस तथा कागज बनाउन सकिन्छ । तर यहाँको कानूनले सडकाको विचमा भएको रुख काटना पाइदैन । राप्रपाका प्रदेश प्रवक्ता छत्र शाही र नेपाल लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य मणिराम चौधरी पनि खाना पकाउने सफा उर्जा प्रवद्र्धनका लागि आफनो पार्टीको तर्फबाट प्रतिवद्धता जनाएका छन । नेपाल उर्जा प्रतिष्ठानका सचिव डिल्ली घिमिरे विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा प्रत्येक वर्ष घरभित्र २२ हजार मानिसको मृत्यु भइरहेको बताए । सन २०२०\२०२१ मा ३४ अर्वको एलपीजी ग्याँस आयत गरेको उनले बताए । आर्थिक बर्ष २०७५\०७६ मा परम्परागत उर्जा (दाउरा, गुइठा, र कृषि अवशेष) खपत ६९ प्रतिशत, व्यावसायिक उर्जा (विद्युत, पेट्रोलियम पदार्थ र कोइला) खपत २८ प्रतिशत र नविकरणीय उर्जा (लघु जलविद्युत, सौय उर्जा र बायोग्याँस) खपत ३ प्रतिशत भएको उनले बताए । नेपाल सरकारको राष्ट्रिय लक्ष्य र प्रतिवद्धतामा सन २०३० सम्म घरमा खाना पकाउने उर्जा २५ प्रतिशत घरधुरीमा विद्युतिय चुल्होलाई खाना पकाउने आधारभूत उर्जाको रुपमा सुनिश्चित गर्नुपर्ने छ । सन २०२५ मा ग्रामीण क्षेत्रमा ५ लाख सुधारिएको चुल्हो जडान र थप २ लाख घरधुरीमा बायोग्याँस जडान, ५०० वटा ठुलो वायोग्याँस प्लान्ट जडान रहेको छ । दिगो विकास लक्ष्यमा ९० प्रतिशत घरधुरीमा विद्युतको पहुँच र दाउराको प्रयोग घटाएर ३० मा झार्ने, प्रतिव्यक्ति विद्युत खपत बढाएर १५ सय पुगाउने लक्ष्य रहेको छ ।
त्यसैगरी २०७५ सालमा नेपाल सरकार एक परिवार एक विद्युतिय चुल्हा श्वेत पत्र जारी गरेको थियो । उक्त कार्यक्रमा जसपाका जिल्ला अध्यक्ष गया प्रसाद कुश्मी राजनीतिक दलका घोषणापत्रमा १०० यूनिट विपन्नवर्गका लागि निशुल्क गर्न सके सफा उर्जा लागु गर्न सकिने बताए । फाया नेपालका धनपति ढुङेल विद्युत महशुलमा विशेष छुट इन्डेक्स चुल्होमा अनुदान दिन सके खाना पकाउने सफा उर्जाको प्रवद्र्धन हुने बताए । ओरेक नेपालका कार्यक्रम अधिकृत गीता चौधरी लकडाउनका बेला मुक्तकमैया बस्तीमा १६० घरधुरीमा इन्डेक्स चुल्हा वितरण गरेको तर विद्युतका पावर नपुग्दा २५\३० घर परिवारले मात्र प्रयोग ल्याएको बताए । लैङिक भूमिकालाई परिवर्तन गर्न महिलालाई आब निर्णय सहभागितामा पनि उहाँले जोड दिए ।
कार्यक्रममा नेकपा एकिकृत समाजवादीका दिर्घ जोशी, राजु पुन मगर लगायतले पनि खाना पकाउने सफा उर्जा प्रवद्र्धनमा जोड दिएका थिए । कार्यक्रम कैलाली कञ्चनपुर ग्रामीण विद्युतिकरण छाता सगंठन गोदावरी कैलालीका कोषाध्यक्ष श्रीबहादुर चौधरीको अध्यक्षतामा भएको थियो । भने संचालन नेपाल उर्जा प्रतिष्ठानका कोषाध्यक्ष कला तिम्लसेनाले गरेका थिए ।
