गोदावरीमा वडा बीच सीमा विवाद, अदालतमा पुग्यो मुद्धा

धनगढी : कैलालीको गोदावरीमा दुई वडाबीचको विवाद अदालतसम्म पुगेको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ८ र गोदावरी वडा नम्बर ७ मा सीमाना विवाद उब्जेको हो।

गोदावरी ८ अन्तरगत साविकको श्रिपुर गाविसमा बनाइएका संरचना हालको गोदावरी–७ मा पर्छ भन्दै सात नम्बर वडावासीले विरोध तथा दावी गरेका थिए। उक्त सीमाना विवाद नगरपालिकाको न्यायिक समितिले सुल्झाउन नसकेपछि विवादले अदालत प्रवेश गरेको थियो। उक्त विवादमा जिल्ला अदालत कैलालीले फैसला सुनाइएको जनाएको छ। अदालतले प्रकाण र तथ्यका आधारमा विवादित क्षेत्र तथा संरचना वडानम्बर ७ मै पर्ने जनाएको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.