अनुमती बिना नेपालतर्फ आएपछि सशस्त्रले खोस्यो भारतीय स्काभेटरको चाबी
दार्चुला : सशस्त्र प्रहरीले भारतीय स्काभेटरको चाबी खोसेको छ । दार्चुलाको महाकाली नदीमा तटबन्ध निर्माणमा प्रयोग गरिएको भारतीय स्काभेटरको चाबी सशस्त्र प्रहरीले खोसेको छ । अनुमती बिना नेपालतर्फ आएपछि चाबी खोसेको पत्रकार भोज राज जोशीले बताए । नेपालसँग समन्वय नगरी दार्चुलातर्फ भारतीय स्काभेटर आएपछि सशस्त्र प्रहरीले चाबी खोसेको हो ।
दार्चुला जिल्ला प्रशासनलाई बुझ्दा ‘हामीसँग समन्वय नगरेर दार्चुलातर्फ भारतीय स्काभेटर आएको थियो,’त्यसैले हामिले चाबी थुतेका हौँ प्रमुख जिल्ला अधिकारी दीर्घ राज उपाध्यायले बताए । भारतले महाकाली नदीको बहाव नेपालतर्फ फर्काउने गरी तटबन्ध निर्माण गरेपछि लामो समयदेखि विवाद हुँदै आएको छ । ‘भारतीय पक्षले हामीसँग समन्वय नगरेर महाकालीमा जथाभावी रुपमा तटबन्ध निर्माण गरिरहेको छ । चाबी सशस्त्र प्रहरीले थुते पनि भारतीय स्काभेट्र चालक्ले अर्को चाबी प्रयोग गरेर फिर्ता लगेका छन् ।’
उक्त स्काभेटर नदीको धार परिवर्तन गर्दै नेपालतर्फ पुगेको थियो। यो आईतबार मात्रै होइन भारतिय पक्षले बेला बेला यस्ता हर्कथरु गर्दै आएको छ । एकसाता अगाडि भारतिय पक्ष र नेपालको तर्फबाट प्रमुख जिल्लाअधिकारी बिच महाकालीमा तट्बन्द कसरी निर्माण गर्ने सम्बन्धमा कुरा भए पनि कार्यान्वयन हुन सकेको छैन । के कुरा भयो के सहमति भयो कुनै जानकारी नभएको स्थानीय अनिल जोशिले बताए। बेला बेला भारतिय पक्षले नेपालिहरु लाई दमन गर्ने काम गरि राखेको छ ।