Agni Offset Press

विद्युतको तार सर्ट हुँदा अत्तरियामा आगलागी

Aarati simant

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको एक पसलमा आगलागी भएको छ । सोमबार साँझ महेन्द्रनगर रोडमा रहेको भगबती अटो पार्टसमा आगलागी भएको हो । आगलागीको कारण उक्त पसल र सँगै रहेको अर्को पसल जलेर नष्ट भएका छन् । विद्युतको तार सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।

आगो निभाउन नगरपालिकाको दमकल प्रयोग गरिएको थियो । आगो पूर्ण रुपमा नियन्त्रणमा आएको छ । क्षतिको बिबरण भने आउन बाँकी रहेको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.