Agni Offset Press

चैत १७ गतेसम्म सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन स्थिगित

Aarati simant

धनगढी,१५ चैत : झन्डै ६ महिनापछि सुरु भएको सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशनको दोस्रो बैठकपछि सभामुखले बिजनेस नभएको भन्दै बैठक स्थगित गरेका छन् ।

सोमबार बसेको दोस्रो बैठकको अन्त्यमा सभामुख अर्जुनबहादुर थापाले सभासँग कुनै बिजनेस नभएकाले चैत १७ गते सम्म बैठक स्थगित गर्नुपरेको बताए ।

‘माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु, हिजो सुरु बैठक आज पनि बस्यो । अब हामीसँग बिजनेस सकियो,’ सोमबारको बैठकको कार्यसूची सकिएपछि सभामुख थापाले भने, ‘माननीयज्यूहरूले हामीलाई बिजनेस दिनुपर्छ । तयार भएका विधेयक समयमा सचिवालयमा दर्ता गर्नुपर्छ ।’

सभामुख थापाले प्रदेश सभालाई नियमित सञ्चालन गर्नका लागि पर्याप्त मात्रामा विजनेश दिनु पर्ने भन्दै सरकार, विषयगत समिति र सदनको ध्यानाकर्षण गराएका छन् । आइतबार पेस भएको सुदूरपश्चिम प्रदेशको दुग्ध विकास बोर्ड स्थापना व्यवस्थापन गर्न बनेको विधेयकमा सोमबार छलफल भएको थियो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.