Agni Offset Press

पश्चिम सेती कहिले बन्छ भन्दै एक लाख चिठी डोकोमा राखेर प्रदर्शन

Aarati simant

धनगढी : पश्चिम सेती जलविद्युत आयोजना निर्माण गर्न भन्दै माइतीघर मण्डलमा प्रदर्शन भएको छ । बोलन्या थली अभियानले मंगलबार मण्डलमा एक लाख चिठी डोकोमा राखेर प्रदर्शन गरेको हो ।

अभियानले सुदूरपश्चिमका नौ जिल्लाका घरमा गएर दुई वर्षयता एक लाख चिठी संकलन गरेको थियो। त्यसलाई लिएर निर्माण छिटो गर्न भन्दै माइतीघर आएर प्रदर्शन गरेको बताइएको छ ।

उनीहरूले प्लेकार्ड समेत बोकेका थिए। २९ वर्षदेखि आश्वासन दिइएको पश्चिम सेती कहिले बन्छ भन्दै प्रदर्शन गरेका हुन्।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.