कैलालीमा ५ वर्षमा ६५ हजार मतदाता बढे, कुन स्थानीत तहमा कति ?
धनगढी : २०७४ मा सम्पन्न स्थानीय चुनाव समयमा कैलालीको कुल मतदाता संख्या ४ लाख ६० हजार पाँच सय ७७ थियो। अहिले त्यो संख्यामा ६५ हजार १६५ जना थपिएका छन्। अहिले कैलालीको मतदाता संख्या ५ लाख २५ हजार १२५ पुगेको छ। जसमध्ये महिलाको संख्या २ लाख ७९ हजार १०, पुरुष मतदाता संख्या २ लाख ५६ हजार १०४ र अन्य मतदाता संख्या ११ रहेको छ।
जिल्लाको धनगढी उपमहानगरपालिकामा सबैभन्दा बढी ९३ हजार १५१ मतदाता रहेका छन्। यस्तै, गोदावरी नगरपालिकामा ५५ हजार ४९२, लम्कीचुहा नगरपालिकामा ५३ हजार ९४६, टीकापुर नगरपालिकामा ५२ हजार ८६२, घोडाघोडीमा ५२ हजार ४०, गौरीगङ्गा नगरपालिकामा ४० हजार १८ मतदाता रहेका छन्।
कैलारी गाउँपालिकामा ३६ हजार ७३५, जानकी गाउँपालिकामा ३५ हजार ४०६, भजनी नगरपालिकामा ३३ हजार ९३१, जोशीपुर गाउँपालिकामा २५ हजार ४४६ मतदाता रहेका छन्। उता बर्दगोरिया गाउँपालिकामा २२ हजार १८१, मोहन्यालमा ११ हजार ९८४ र चुरे गाउँपालिकामा सबैभन्दा कम ११ हजार ९२३ जना मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ।
कैलालीमा जम्मा ६१९ वटा मतदान केन्द्र निर्धारण गरिएको छ। गोदावरीमा ६७, गौरीगंगामा ४३, घोडाघोडीमा ६०, चुरेमा २०, जानकीमा ४३, टीकापुरमा ५७, धनगढीमा १०४ मतदान केन्द्र निर्धारण गरिएको छ। यसैगरी, बर्दगोरियामा २५, भजनीमा ४३, लम्कीचुहामा ६१, मोहन्यालमा १८ र कैलारीमा ४७ वटा मतदान केन्द्र निर्धारण भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।