Agni Offset Press

महासंघको स्थापना दिवसमा असायलाई खाद्यान्न सहयोग

Aarati simant

अत्तरिया : नेपाल पत्रकार महासङ्घ, धनगढीस्थित मानव सेवा आश्रममा आश्रित अशक्त, असहाय व्यक्तिहरूलाई खाद्यान्न सहयोग गरेको छ । महासंघले ६७ औँ स्थापना दिवसको अवसरमा खाद्यान्न सहयोग गरेको हो ।
बुधबार महासङ्घको सुदूरपश्चिम प्रदेश तथा कैलाली जिल्ला समितिले संयुक्त रूपमा धनगढी उपमहानगरपालिका–५, तारानगरमा रहेको सेवा आश्रममा चामल, दाल, नुन, तेललगायत खाद्य सामग्री हस्तान्तरण गरे ।
खाद्यान्न हस्तान्तरण कार्यक्रममा महासङ्घका केन्द्रीय सदस्य भरत शाह, प्रदेश अध्यक्ष योगेश रावल, जिल्ला अध्यक्ष हिमाल जोशी, पूर्व केन्द्रीय सदस्य तथा क्षेत्रीय संयोजक मनमोहन स्वार, पूर्व केन्द्रीय सदस्य दिलबहादुर छत्याल, निवर्तमान प्रदेश अध्यक्ष अर्जुन शाह सहितले सेवा आश्रमका प्रमुख आदर्श ढकाललाई खाद्य सामग्री हस्तान्तरण गरेका हुन् ।
बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकबिहीन, मानसिक तथा शारीरिक रूपमा कमजोर सडकआश्रित व्यक्तिहरूको मानवोचित व्यवस्थापनका लागि औषधोपचार, पालनपोषण र जीवन रक्षाको उद्देश्यसहित २०७३ सालमा हेटौँडामा मानव सेवा आश्रम स्थापना गरिएको थियो ।
सेवा आश्रमका केन्द्रीय सदस्यसमेत रहेका ढकालका अनुसार हाल कैलाली सहित देशका १७ जिल्लामा २४ वटा केन्द्रमा एक हजार पाँच सय ७० जना आश्रितहरू रहेका छन् । सेवा आश्रममा हाल १५ महिला सहित ५९ जना आश्रित रहेका छन् । ‘आगामी २०८२ सालभित्र नेपाललाई सडकआश्रित मानवसहित नेपाल घोषणा गर्ने हाम्रो लक्ष्यमा यस्ता सहयोगी हात तथा मनहरूले हौसला प्रदान गरिरहेका छन्,’ खाद्य सामग्री हस्तान्तरण कार्यक्रममा सेवा आश्रम धनगढी प्रमुख ढकालले भने, ‘सबैको सहयोग र सहकार्यबाट नै यो कठिन लक्ष्य पूरा हुने छ ।’
मानव सेवा आश्रमका अनुसार बाजुरामा केही साताअघि सडकआश्रित मानवरहित जिल्ला घोषणा भइसकेको छ । सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीको उपस्थितिमा बाजुरालाई सडकआश्रित मानवरहित जिल्ला घोषणा गरिएको थियो । त्यस्तै, हालसम्म कर्णाली र गण्डकी प्रदेश पनि सडकआश्रित मानवरहित प्रदेश घोषणा भइसकेका छन् । त्यस्तै, देशभरिका तीन जिल्ला, ६ वटा पालिका र ती स्थानलाई पनि सडकआश्रित मानवरहित क्षेत्र घोषणा गरिएको छ । धनगढीमा आश्रमको भवनका लागि वडा नम्बर १५ मा साढे तीन बिघा जमिन उपलब्ध भइसकेको सेवा आश्रमले जनाएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.