Agni Offset Press

अज्ञात समुहले थापेको पासोमा परेर कैलालीमा मर्‍यो चितुवा

Aarati simant

अत्तरिया : कैलालीमा पासोमा परेर चितुवा मरेको छ । जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० झिरोखामा पासोमा परेर चितुवा मरेको जनाएको छ ।

पासो कसले र केका लागि हालेको भन्ने केही पनि खुलेका छैन । चितुवा बिहीबार बिहान पासोमा परेको र उद्दार टोलीले काम गर्न नपाउँदै मरेको डिभिजन कार्यालय पहलमानपुरका प्रमुख गोकुल रिजालले जानकारी दिए ।

उनका अनुसार उद्दारका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट टोली पुग्नासाथ चितुवा मरेको हो । मरेको चितुवालाई डिभिजन वन कार्यलय पहलमानपुर लगिएको र मुचुल्का उठाएर सुरक्षित स्थानमा गाडिने रिजालले बताए ।

पासो कसले हाल्यो भन्नेबारे अनुसन्धान भइरहेको डिभिजन कार्यालय पहलमानपुरका प्रमुख रिजालले जानकारी दिए । उक्त वन क्षेत्रमा पटकपटक अज्ञात समूहले थापेको पासोमा वन्यजन्तु पर्ने गरेका छन् ।

दुई वर्षअगाडि कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ३ नारायणपुर छाडा र मौन्याल सामुदायिक वनको बीचमा अज्ञात समूहले हालेको पासोमा चितुवा मरेको थियो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.