Agni Offset Press

हातहतियार बुझाउन जिल्ला प्रशासन कैलालीको आग्रह

Aarati simant

अत्तरिया : आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीले इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको छ ।
स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण, मर्यादित एवं भयरहित बनाउनका लागि प्रशासनले इजाजत प्राप्त हतियार बुझाउन आग्रह गरेको हो ।
प्रमुख जिल्ला अधिकारी किरण थापाले बुधबार जारी गरेको सूचनामा इजाजत लिएर घरमा राखिएका बन्दुक जस्ता हातहतियार निर्वाचन सकिएपछि सम्बन्धित व्यक्तिलाई फिर्ता दिनेगरी बुझाउन भनिएको हो ।

निर्वाचनमा शान्तिपूर्ण वातावरण तयार गरी भरपर्दो र विश्वसनीय बनाउन भन्दै प्रशासनले चैत मसान्तभित्र पायक पर्ने नजिकको प्रहरी इकाईमा लगेर हातहतियार बुझाउन अनुरोध छ, सूचनामा उल्लेख छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.