भूमि सम्बन्धी समस्या समाधान आयोग डोटीको अध्यक्षमा बिक
अत्तरिया : भूमि सम्बन्धी समस्या समाधान आयोग डोटीको अध्यक्षमा जङ्ग बिक ‘शैलेन्द्र’ नियुक्त भएका छन् । भूमि सम्बन्धीको समस्या समाधान गर्न बनेको शक्तिशाली आयोगका अध्यक्षको रूपमा बिकलाई नियुक्त गरिएको हो ।
विकले बिहिबार पद तथा गोपनीयताको शपथग्रहण गर्नु भएको छ । जनयुद्धमा पूर्णकालीन नेताको रूपमा क्रियाशील रहेका बिक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुँदा पनि भूमि सम्बन्धी समस्या समाधान आयोग डोटीको अध्यक्षमा सिफारिस भएका थिए । पार्टी भित्र रहेको विवादका कारण तत्कालीन समयमा नियुक्त नभएका बिक यस पटक नियुक्त भएका हुन । बडीकेदार गाउँपालिका–१ घर भएका बिक माओवादी जिल्ला संयोजक, नेकपा हुँदा जिल्ला सचिव हुँदै हाल माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य हुन् ।