Agni Offset Press

सुदूरपश्चिमका नौ जिल्लामा राष्ट्रिय भूमि आयोगको जिल्ला अध्यक्षमा को–को ?

Aarati simant

अत्तरिया : सरकारले सुदूरपश्चिमका सात सहित थप ४३ जिल्लामा राष्ट्रिय भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई नियुक्त गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठको उपस्थितिमा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले आयोगका नवनियुक्त जिल्ला अध्यक्षलाई काठमाडौँमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । पुस २१ मा बसेको मन्त्रिपरिषद् बैठकले २८ जिल्लाका अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो । तर, उनीहरूलाई नियुक्त गरेको सूचना ढिलो गरेर राजपत्रमा प्रकाशित गरिएको थियो । अझै ६ जिल्ला समितिको अध्यक्ष नियुक्त गर्न भने बाँकी नै छ ।

जस अनुसार कैलालीमा यज्ञराज उपाध्याय, डोटीमा जंङ्ग विक, अछाममा खडक विष्ट,बाजुरामा जनक बहादुर रोकाया, बझाङमा मान बहादुर धामी, दार्चुलामा लाल सिंह धामी र बैतडीमा धर्म सिंह ऐरलाई अध्यक्षमा नियुक्त गरिएको हो । यस अघि पुस २१ मा बसेको मन्त्रिपरिषद् बैठकले कञ्चनपुरमा देवेन्द्र ढुंगाना र डडेल्धुरामा शेर बहादुर भण्डारीलाई जिल्ला अध्यक्षमा नियुक्त गरेको थियो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.