
अत्तरिया : कैलालीको गोदावरी नगरपालिका रहेको अत्तरिया साना शहरी खानेपानी तथा सर–सफाइ उपभोक्ता समितिमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ ।
नयाँ कार्य समितिको अध्यक्षमा पुनः टीकादत्त जोशी चयन भएका हुन् । नयाँ कार्यसमितिका अध्यक्ष सहित का पदाधिकारीले शुक्रबार निर्वाचन समितिले खानेपानीको प्राङगणमा सपथ खुवाएको छ ।
सहमतिबाट नै कार्य समिति को अध्यक्षमा टीकादत्त जोशी, उपाध्यक्षमा शेरबहादुर बिष्ट, महासचिवमा माहादेब भट्ट, सचिवमा पुस्पराज (पिआर) चटौत, कोषाध्यक्षमा लक्ष्मण कठायत चयन भएका हुन ।
यस्तै, सदस्यहरुमा उर्मिला बोगटी, कुन्तीदेबी पाण्डे, सकुन्तला सोब , रुपलाल बिक, भबानी दत्त भट्ट र रतना कामी छन् ।
