अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको पद्मा अस्पतालमा तोडफोड गरिएको छ । अस्पतालको लारपरवाहीले गर्दा बिरामीको मृत्युु भएको आरोप लगाउँदैँ आफन्तले तोडफोड गरेका हुन् । शुक्रबार साँझ उपचारका लागी आएका बिरामीको अस्पतालको लापरबाहीका कारण मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक (डिएसपी) नवराज पोखरेलका अनुसार गोदावरी नगरपालिका– ३ का ३८ वर्र्षीय विनोद कुमार बोहराको मृत्यु भएको हो । छाडापखाला बिरामीको अस्पतालले लापरबाही गर्दा मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल तोडफोड गरेका उनले जानकारी दिए । आक्रशित भिड तितरवितर गर्न प्रहरीले अश्रु ग्यास समेत प्रयोग गरेका छ ।
मृतकका आफन्तले ढुंगा मुडा प्रहार गर्दा अस्पतालको अगाडिको सिसा फुटेको छ भने अस्पताल परिषरमा राखिएको एम्बुलेन्स समेत तोडफोड गरेका छन । बिरामीको मृत्युको कारण भने खुल्न सकेको छैन । अस्पातालको भने आधारिक धारणा वाहिर आएको छैन् ।
सम्बन्धित पाेस्टहरु