Agni Offset Press

अत्तरियामा युवा मृत्यु प्रकरण : दुई पक्ष बीच सहमति पछि आफन्तले बुझे शब

Aarati simant

अत्तरिया, १९ चैत : कैलालीको गोदावरी नगरपालिका पद्मा अस्पतलामा उपचारको क्रममा शनिबार बिहान निधन भएका गोदावरी नगरपालिका वडा नं. ३ का बिनोदकुमार बोहरा को शबलाई पोष्टमार्टम को लागि सेती प्रादेशिक अस्पताल धनगढी पुगाएको छ । शुक्रबार साँझ अस्पताल आएका बोहराको शनिबार बिहान पदमा अस्पताल मा मृत्यु भएको थियो ।

अस्पतालको लापरबाहीका कारण बोहराको मृत्यु भएको भन्दै उनका आफन्तले बिहानै देखि अत्तरिया मा प्रदर्सन समेत गरेका थिए । उनीहरुले पदमा अस्पतालमा तोडफोड गरेका छन् ।

शनिबार मध्याह्न पीडित पक्ष र अस्पताल प्रशासन बिच ईलाका प्रहरी कार्यालय मा छ्लफल भएको थियो । ईलाका प्रहरी कार्यालय मालाखेती का प्रमुख डिएसपी नबराज पोखरेल दुबै पक्ष बिच सहमति भएर शब बुझेको बताए । उनका अनुसार घटनाको वास्तविक सत्य तथ्य पत्ता लगाउन एक समिति गठन गर्ने र पीडित परिवारलाई क्षतिपूर्ति दिने सहमति भएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.