सिटीहलको उद्टघाटन गर्न प्रधानमन्त्री देउवा धनगढी आउँदै

धनगढी : नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा धनगढी आउने कार्यक्रम तय भएको छ। काँग्रेस कैलालीका अनुसार २४ गते विहान प्रधानमन्त्री देउवा धनगढी पुग्ने कार्यक्रम तय भएको हो।

सोही दिन प्रधानमन्त्री देउवाले धनगढी उपमहानगरपालिका वडा नम्बर ८ मा निर्माण भएको सिटीहलको उद्टघाटन गर्ने कार्यक्रम रहेको छ। संघीय सरकारको २५ करोड २६ लाख रुपैयाँको लागतमा सिटीहल निर्माण भएको हो।

सोही दिन धनगढीमै हुने अवयवस्थित बसोबासीको कार्यक्रममा पनि सहभागी हुने कार्यतालिका तय भएको काँग्रेसले जनाएको छ। अहिले भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा आज स्वदेश फर्किंदैछन्। काठमाडौं फर्किनुअघि उनी आज उत्तर प्रदेशको बनारस पुगेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.