कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका–५ शान्ति निकेतन चोकमा बसको ठक्करले सोमबार एक जना महिलाको मृत्यु भएको छ । ना ४ ख ४४६६ नम्बरको बसले बाटो पार गर्न लागेकी मन्जु बुडाललाई ठक्कर दिदा उनको घटनास्थल मै मृत्यु भएको ट्राफिक प्रहरीका इन्स्पेक्टर केशव भट्टले जानकारी दिए ।
मन्जु ब्रम्हदेव प्रहरी चौकीमा कार्यरत सइ देवसिह बुडालकी पत्नी हुन् । सामान किनेर सडक पार गर्न खोज्दा बसले ठक्कर दिएको र चालक फरार रहेको प्रहरीले जनाएको छ ।