अत्तरिया : गोदावरी नगरपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेसका तर्फवाट युवा नेता शंकर बहादुर खड्काले वडा अध्यक्षको उम्मेद्वार बन्ने घोषणा गरेका छन् । उनले बडाबासीहरुलाई साक्षी राखेर पत्रकार सम्मेलन मार्फत वडा अध्यक्षमा आफ्नो उम्मेदवारी रहेको घोषणा गरेका हुन् ।
आफ्नो उम्मेदवारी युवा र पहुच नभएका जनताका लागि हो भन्ने मुलभूत उद्देश्यका साथ २०७९ बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा आफुले कांग्रेसवाट वडा अध्यक्षमा उम्मेदवारी दिने पत्रकार सम्मेलनमा जानकारी दिए । उनले आफ्ना प्रष्ट चुनावी एजेण्डा र प्रतिबद्धता सहित जनाता माझँ जाने समेत बताएका छन् ।
उनले आफ्ना बिभिन्न खाले महात्वपूर्ण एजेण्डाहरु समेत सार्वजनिक गरेका छन् । उनले आफु वडा अध्यक्षमा निर्वाचित भएपछि नेपाल सरकारवाट पाउने कुनै पनि सेवा सुबिधाहरु जस्तै गाडी, तलब, भत्ता ५ बर्ष सम्म नलिने घोषणा गरेका छन् ।
५ बर्ष सम्म आफुले पाउने सेवा सुबिधाहरु प्रत्येक बर्ष छुट्टाछुट्टै क्षेत्र वा समुदायलाई सहयोग गर्ने उनले प्रतिबद्धता जनाए । जसमा पहिलो बर्षको सेवा सुबिधाहरु वडाका दलित जनजाती समुदायलाई, दोस्रो बर्षको युवाहरुलाई खेलकुदमा प्रेरित गर्न, तेस्रो बर्षको स्वास्थ्य सेवामा, चौथो बर्षको वडाका दिनदुखी, बिपन्न वर्ग, अशाय र आपतकालिनमा र अन्तिम बर्षको सेवा सुबिधा शिक्षामा अक्षयकोषका रुपमा सन्चय गर्ने उनले प्रतिबद्धता ब्यक्त गरेका छन् ।
यस्तै उनले आफु वडा अध्यक्षमा निर्वाचित भईसकेपछि वडा कार्यालयमा जादाँ एउटा कुर्ची र टेबुल आफैले स्वयम घरवाट लगेर जाने र कार्यकाल सकिएपछि वडा कार्यालयलाई हस्तान्तरण गरि रित्तै फर्किने बताएका छन् ।
यसैगरि उनका एजेण्डाहरुमा कुनै पनि योजनाहरु बाडाफाड गर्दा जनताकाृ राय, सल्लाहलाई मध्यनजर गर्दै काम गर्ने, वडामा नश्लसुधार कृत्रिम गर्वाधान पशु किसानलाई निशुल्क सेवा प्रदान, वडामा अन्तरगत ब्यवसाय तरकारी खेती गर्ने किसानलाई निशुल्क विउविजन बितरण गरिने, वडा अन्र्तगतका विकास निर्माणका अधुराकामहरुलाई ५ बर्ष भित्र पुरा गर्ने, ५ बर्ष भित्रमा वडा भित्र शिक्षा, स्वास्थ्य तथा कृषिलाई पूर्ण रुपले विकास गरि नमुना वडा बनाउने रहेका छन् ।
कुनै ठाउँलाई सम्बृद्धि र अध्यारोवाट उज्यालोमा परिणत गर्नका लागि शिक्षा पहिलो स्थानमा राखि वडामा शिक्षबिध, शिक्षक ज्यू, ब्यबस्थापन समितिसं प्रत्येक ६ महिनामा बैठक बसेर यस नगरकै नमुना बिद्यालय बनाउन बिषेश भूमिका खेल्नेछु उनले भने यस वडामा भ्रष्टचारी नेताहरुलाई परास्त गर्ने र समाजको चौतर्फी विकासका लागि मेरो उम्मेदवारी रहनेछ ।
उनले आफ्नो वडामा गुठी संस्थानहरुको उचित ब्यबस्थापन गर्ने , युवाहरुको बचावतका लागि युवा सम्बन्धि खेलकुदका कार्यक्रम, वडाको समृद्धि विकासका लागि बिभिन्न राजनितिक दलहरुका अग्रग, समाजका अग्रज ब्यक्तिहरुसंग समय समयमा बिशेष छलफल गरि अगाडि बढ्ने र हाल सम्म वडा देखि केन्द्रसम्म जनप्रतिनिधिद्धारा कुनै पनि कुरामा आर्थिकको पार्दशिता नरहेकाले आफुवाट आर्थिक पार्दशिता उचित राख्ने उनले प्रतिबद्धता जनाएका छन् । उनले वडामा कांग्रेसलाई बलियो बनाउन जिताउनका लागि अन्यपार्टीसंगको गठबन्धन भन्दा बनि आफै पार्टीमा रहेको गुटउपगुटहरुका बिच गठबन्धन हुन जरुरी रहेको बताए । उनले दुई प्यानलमा बिभाजन भएको कांग्रेसले दुवैलाई ५०\५० गरि समेटेर लगेपछि चुनावमा काँग्रेस बहुमतका साथ बिजयी हुने बताए ।
लामो समयदेखितरुण दलको नेतृत्व समालिरहेका नेता खड्काले यदी आफ्ना यि एजेण्डाहरु भन्दा कुनै नेताले यो भन्दा राम्र्रा एजेण्डाहरु ल्याएर वडाबासीको हितमा र विकासमा काम गर्ने भए आफू सहमतिका आधारमा पछाडी समेत जान तयार रहेको उनले बताएका छन् । वडा अध्यक्षका उम्मेदवार खड्का लामो समयदेखी नेपाली काँग्रेसको राजनीतिमा आबद्ध रहेका छन् । उनी २०५४ सालमै दुर्गालक्ष्मी माध्यामिक बिद्यालयको नेविसंघ ईकाई अध्यक्ष समेत बनेका थिए । २०५४ सालमा दुर्गालक्ष्मी मा.वि को नेविसंघ इकाई अध्यक्ष, २०५६ सालमा श्रीपुर गाविसको तरुण अध्यक्ष र २०७१ सालमा गोदावरी नगरपालिकाको तरुणको नगर सभापतिका रुपमा काम गरिसकेका छन् ।
यस्तै खड्का २०७३ सालमा नेल्टा कैलाली जिल्ला अध्यक्ष , २०७३ सालमा नेल्टाको केन्द्रिय सदस्य, २०६४ सालको प्रतिनिधि सभाको चुनावमा श्रीपुर गाविसको युवा संयोजक, २०७० सालको प्रतिनिधि सभाको चुनावमा गोदावरी नगरपालिकाको सह संयोजक, २०७४ सालको प्रतिनिधि सभाको चुनावमा गोदावरी नगरपालिकाको संयोजक समेत भैसकेका छन् । उनी २०७४ सालको वडाको स्थानिय चुनावको यूवा संयोजक, २०७८ सालको पार्टीको आन्तरिक चुनावमा वडा सभापतिमा विजेता र अत्तरिया उद्योग वाणिज्य संघको निर्वाचित सचिव समेत रहेका खड्काले गोदावरी नगरपालिका वडा नं ६ लालपुरमा बिगत १६ बर्षदेखी पशु र कृषि सेवामा पशुप्राबिधिकको रुपमा जनताको घरदैलोमा गई उपचार, कृषिमा सर सल्लाह सेवा दिदै आएका छन् ।
सम्बन्धित पाेस्टहरु