Agni Offset Press

कञ्चनपुरका सबै स्थानीय तहमा तालमेल गर्ने सत्तारूढ गठबन्धनको निर्णय

Aarati simant

कञ्चनपुर : सत्तारूढ गठबन्धनमा सहभागी कञ्चनपुरका राजनीतिक दलका नेताले स्थानीय तहको निर्वाचनमा आपसी तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेका छन्। नेपाली कांग्रेस पार्टी कार्यालय महेन्द्रनगरमा सोमबार बसेको बैठकले केन्द्रमा भएको सहमतिअनुसार आपसी समझदारी तथा सहकार्य गरी स्थानीय स्तरमा तालमेल गरे अगाडि बढ्ने निर्णय गरेका छन्।
तालमेलबारे सामान्य छलफल भएको नेकपा (माओवादी केन्द्र) का जिल्ला इन्जार्च टेकेन्द्रप्रसाद भट्टले बताए । राजनीतिक दलको स्थानीय तहमा उपस्थितिका आधारमा तालमेल हुन सक्ने बैठकमा सहभागी नेताहरुको भनाइ रहेको छ।

नेपाली कांग्रेसका जिल्ला सभापति पदम बोगटीको अध्यक्षतामा आज बसेको बैठकमा माओवादी केन्द्रका जिल्ला इन्चार्ज भट्ट, जिल्ला संयोजक खेमराज पाण्डेय, नेकपा  (एकीकृत समाजवादी) का जिल्ला इन्चार्ज लालबहादुर खड्का, राष्ट्रिय जनमोर्चाका रामबहादुर कार्की लगायतको सहभागिता रहेको थियो।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.