यी हुन् गोदावरी–१ मा एमालेबाट अध्यक्षका आकांक्षी

अत्तरिया : गोदावरी नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेबाट आगामी स्थानीय निर्वाचनमा वडा अध्यक्ष बन्नको लागी ११ जना आँकाक्षी देखिएका छन् । सोमबार बसेको वडाको बैठकमा ११ जनाले वडा अध्यक्षको लागी दाबी प्रस्तुत गरेका छन् ।

वडा अध्यक्षको दाबी पेश गर्नेहरुमा हालका वडा अध्यक्ष शर्मानन्द भट्ट, वडा कमिटीका अध्यक्ष गणेश महरा, एमालेका पुराना नेता महादेब भट्ट, ब्यबसायी नैनसिंह कार्की, नगरकमिटी सदस्य बिक्रम बिष्ट, नबराज आचार्य, प्रदेशु चौधरी, हालका वडा सदस्य किर्तबहादुर चन्द, राजन आचार्य, भिम बिक, गौरी भट्ट लगायत रहेका छन् ।

वडा कमिटीका अध्यक्ष गणेश महराले सोमबार सामान्य छलफल भएको बताए । उनका अनुसार मंगलबार बिहान फेरी बैठक बस्ने छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.