Agni Offset Press

अत्तरियामा बिरामी मृत्यु प्रकरण : अस्पतलामा भएको क्षतिपूर्ति उपलब्ध गराउन माग

Aarati simant

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–१ मा रहेको पद्मा अस्पतालमा भएको प्रदर्शन र तोडफोडका घट्नाप्रति विभिन्न संघसंस्थाले आपति जनाएका छन् । सोमबार निजी स्वास्थ्उ संस्थाहरुको छाता संगठन अफिनले एक विज्ञप्ति जारी गनै पद्मा अस्पतालमा भएको घट्नाले सिंगो स्वास्थ्य संस्था नै भयभित भएको जनाएको छ । पद्मा अस्पतालमा भएको घटनामा संलग्न लाई पहिचान गरी अविलम्ब कानुनी कारवाही सहित अस्पताललाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ । अस्पतालमा शान्तिपूर्ण ढंगले काम गर्ने वातावराण बनाउन समेत माग गरेको छ ।
अफिनका केन्द्रिय महासचिव हेमराज दाहाल द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । ‘स्वास्थ्य सेवा प्रदान गर्नेक्रममा आवश्यक चिकित्सा विधि र पेशागत आचारसंहितालाई पूर्णरूपले पालना गर्दागर्दै तथा चिकित्सक र स्वास्थ्यकर्मीहरुको अथक प्रयासका बाबजुद पनि बिरामीको मृत्यु हुनु आफैमा भवितव्य एवम दुखदायी कुरा हो ।’
विज्ञप्तिमा अगाडि भनिएको छ । ‘बिरामीहरुको उपचार र सेवामा जीवन समर्पण गर्दछु । भनि स्वास्थ्य पेशा रोजेका जो कसैको पनि यस्ता घटना घटोस भन्ने चाहाना हँुदैन, यी अकल्पनिय एवम भावितव्य घट्ना मात्र हुन तथापि उपचारको क्रममा हुने यस्ता कैयौं घट्नाको यर्थातता नबुझि कानुन हातमा लिने दुष्प्रयास हुने गरेका छन् ।’
आईतबार अतरियाको पद्मा अस्पतालमा केही अवञ्चित एवम् उच्छृंखल तत्वहरुद्वारा गरिएको हुलइज्जत तथा तोडफोडको घट्ना प्रति अफिनले गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
‘मानवीय स्वास्थ्य जस्ती अति संवेदनशील क्षेत्रमा समर्पित भएर नागरिकको स्वास्थ्य उपचारमा २४ सै घण्टा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, अस्पताल व्यवस्थापन र उपचारार्थ भर्ना भएका अन्य विरामीहरुलाई समेत प्रभावित बनाउने गरी असामान्य परिस्थितीको सुजना गराईनु कानुनी राज्यमा जो कोहीको लागि पनि घोर भत्सर्नाको विषय हो । स्वास्थ्य सेवा जस्तो अतिसंवेदनशील सामाजिक सेवामुखी व्यवसायमा जीवनको सम्पूर्ण पूजि लगानी गरी नागरिकको स्वास्थ्य उपचारमा सर्मपित भैपेशालाई निरन्तरता दिनु आफैमा चुनौती कठिनपूर्ण छ’ महासचिव दाहाल द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । ‘यस्तो अवस्थामा संचालित स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुलाई राज्य र समाजका सबै निकायहरुबाट प्रोत्साहन एवम् हौसला प्रदान गरिनुपर्नेमा स्वास्थ्य क्षेत्रलाई नै बदनाम गराउने गरी केही अराजक तत्वहरुबाट खुलेयाम यस्ता व्यवहार प्रदर्शन गरिनु घोर आपत्ति र निन्दाको विषय हो ।’
अस्पातलको पनि ध्यानाकर्षण
यस्तै, पद्मा अस्पातालमा भएको घटनाको दुखव्यक्त गरेको छ । अस्पतालका प्रबन्ध निर्देशक डा. नरबहादुर मौनी द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । ‘सेवा नै धर्म हो र स्वास्थ्यसंस्था र स्वास्थ्यकर्मीको कर्तव्य जिम्मेवारी भनेको नै बिरामीलाई गुणस्तरिय सेवा दिने र बचाउने नै हो । अस्पतालमा उपचारको क्रममा बिरामीको ज्यान जादै नजाने हो भने हाम्रो भनाई केही रहदैन । बिरामीको उपचार पश्चात या उपचारको क्रममा के कसरी उपचार भयो र मुत्युको कारण के हो सोध्ने र त्यसको कारण भन्न पाउनु सबैको नैसर्गिक अधिकार हो । तर, सत्य तथ्यकुरालाई मोड्दै भिडभाड बाट तोडफोड गर्दे आफै विश्लेषण गर्दै अराजक गतिविधि र दबाब सिर्जना गर्ने परिपाटीले स्वास्थ्यसंस्था, स्वास्थ्यकर्मिको मनोवल गिराउने, आंतकित पार्ने, तरसाउने सम्पतिमाथि आक्रमण गर्ने जस्ता गतिविधी ले कसलाई फाईदा गदैन् ।’
यस घट्नामा सरकारको यथासिघ्र ध्यान जाउस् विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा भनिएको छ । ‘आईतबार भएको घट्नाका मृतकप्रती श्रद्धान्जली र परिवार प्रती समवेदना प्रकट गर्दै आफ्नो धर्म र नागरिक को सेवा प्रति संवेदनशिल रहदै अगाडि बढ्ने बाचा गर्दछौ । आगामी दिनहरुमा धैर्य र सहनशिल मै प्रस्तुत मईदिनहुन सबैमा अनुरोध गर्दछौ ।’ २०६३ साल देखि निरन्तर सेवा गर्दै आएको पद्मा अस्पतालले सुपको प्रवेशद्वारमा आवश्यकता लाई मध्यनजर गर्दे १५ शैया बाट ५० शैया हुँदै सय शैया को उच्चस्तरिय सेवा प्रदान गर्ने उद्देश्य का साथ अगाडि बढेको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.