बैशाख १ देखि अत्तरियामा सुबिधा सम्पन्न अस्पताल संचालनमा ल्याउने तयारी
अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा सुबिधा सम्पन्न अत्तरिया अस्पताल संचालनमा ल्याउने तयारी छ । अत्तरिया चोक नजिकै महेन्द्रनगर रोडमा विपन्न परिवारदेखि भिभिआईपीसहितको उपचार रह्ने अत्याधुनिक सुबिधा सम्पन्न अत्तरिया हस्पिटल बैशाख १ देखि संचालनमा ल्याउने अस्पतालले जनाएको छ।
अस्पतालले सुदूरपश्चिमका ७ पहाडी जिल्ला र तराई २ जिल्लाका बिपन्न,गरिव र मुख्य ओहोदाका ब्यक्तिलाई केन्द्रित गरी प्रदेशमै गुणस्तरीय सेवा दिने उदेश्यका साथ अत्तरियामा ५ तलाको बिरामी मैत्री भवनसहितको हस्पिटल संचालन ल्याउने तयारी भएको अत्तरिया हस्पिटलका कार्यकारी प्रमुख डिल्ली पाठकले बताए ।
अस्पतालमा आधुनिक उपचारका उपकरणहरु युएसजी मेशिन, ईसिजी मेशिन, डिजिटल एक्सरे, अत्याधुनिक ल्याव, भेन्टिलेटर, अक्सिजन प्लाण्ट, डाईलासिस, आकस्मिक उपचार कक्ष, हाडजोर्नी तथा स्पाइनल शल्यक्रिया, शल्यक्रियासहितको प्रसूति सेवा, सिटी स्क्यान, डायलसिस, दूरबिनबाट पत्थरी, एपेन्डी साइटिसलगायतको सम्पूर्ण शल्यक्रिया, फिजियोथेरापी लगायतका सेवा र आफ्नै फार्मेसीसहितका सेवा रहेको अस्पतालले जनाएको छ ।