गोविन्द बन्दीलाई कानुनमन्त्री बनाउन सिफारिस, बडूको मन्त्रालय फेरियो
काठमाण्डौ, : प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनाएका छन् । उनको शपथ राष्ट्रपति कार्यालयमा बिहीबार दिउँसो २ बजेका लागि राखिएको छ ।
प्रधानमन्त्री देउवाले गैरसांसद बन्दीलाई मन्त्री बनाएका हुन् । उनले एमसीसी पारित गर्ने बेलामा व्याख्यात्मक घोषणाको मस्यौदा तयार गर्नमा भूमिका खेलेका थिए । यसैबीच हाल कानुन मन्त्री रहेका दिलेन्द्र प्रसाद बडूको मन्त्रालय परिवर्तन भएको छ ।
उनलाई देउवाले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिएको काँग्रेस उपसभापति पूर्णबहादुर खड्काले बताए । काँग्रेस र गठबन्धनभित्र छलफलपछि यो निर्णय लिइएको उनको भनाइ छ ।