संसद पुनःस्थापना गर्न भूमिका खेलेबापत गोविन्द बन्दी कानुनमन्त्री नियुक्त

काठमाण्डौ : अधिवक्ता गोविन्द बन्दी (कोइराला) कानुन न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त भएका छन्। सत्ता गठबन्धनले बन्दीलाई संसद पुनःस्थापना र एमसीसी पारित गर्न भूमिका खेलेको आधारमा मन्त्री पदबाट पुरस्कृत गरेको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेकी छन्। उनले केहीबेर पछि शथप ग्रहण गर्दैछन्। बन्दी एकीकृत समाजवादीका अध्यक्षमा माधवकुमार नेपाल निकट मानिन्छन्।

संघीय संसदको सदस्य नभएको व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था छ। बन्दी कानुनमन्त्रीमा नियुक्त भएपछि कानुनमा रहेका दिलेन्द्रप्रसाद बडूलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.