Agni Offset Press

सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन हुँदै, आजै काँग्रेस सहभागि हुँदै

Aarati simant

धनगढी,२५ चैत : सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद पुनर्गठन हुने भएको छ । सत्तारुढ गठबन्धनबीच भएको सहमती अनुसार सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन हुने भएको हो । हाल प्रतिपक्ष भूमिकामा रहेको नेपाली काँग्रेस सरकारमा सहभागी हुने भएको हो । काँग्रेस दुई मन्त्रालयसहित सरकारमा सहभागी हुन लागेको सरकारका प्रवक्ता समेत रहेकी कानुन मन्त्री पूर्णा जोशी जानकारी दिइन् ।

मंगलबार बसेको गठबन्धनको बैठकमा सुदूरपश्चिम प्रदेश सरकारमा काँग्रेसको सहभागीबारे ठोस सहमति भएको बताइएको छ । जसअनुसार आजै मन्त्रिमण्डल पुनर्गठनको तयारी छ । गत बिहीबार बसेको गठबन्धनको बैठकमा सुदूरपश्चिम प्रदेश सरकारमा काँग्रेसको सहभागिताबारे छलफल भएको थियो । त्यतिबेला नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल टर्की हुँदा विषयले मूर्तरूप पाएको थिएन ।

नेपाल टर्कीबाट फर्किएपछि मंगलबार बसेको बैठकमा सुदूरपश्चिममा काँग्रेसलाई सरकारमा सहभागी गराउने विषयमाथि छलफल भएको थियो । काँग्रेस सरकारमा सहभागी हुँदा एकीकृत समाजवादीले दुई मन्त्री फिर्ता बोलाउने बताइएको छ । अहिले प्रदेश सरकारमा एकीकृत समाजवादीबाट ४ मन्त्री र ३ राज्यमन्त्री सहभागी छन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.