सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेस सहभागी हुँदै, दुई मन्त्रीले आजै शपथ लिने
अत्तरिया : केन्द्रको सत्ता गठबन्धनलाई नै असर पर्ने स्थिति पैदा भएपछि सुदुरपश्चिम प्रदेश सरकारमा कांग्रेसलाई सहभागी गराइने भएको छ।
सुदूरपश्चिममा माओवादी केन्द्रका त्रिलोचन भट्ट मुख्यमन्त्री छन् भने सरकारमा एकीकृत समाजवादी सहभागी हुँदै आएको छ। लामो समयदेखि कांग्रेसले पनि सरकारका सहभागी हुने इच्छा जनाए पनि माओवादी र समाजवादीले मानेनका थिएनन् तर स्थानीय चुनावामा केन्द्रको गठबन्धन सुदुरपश्चिमा असर पर्ने भएपछि शुक्रबार कांग्रेसबाट दुईमन्त्रीसहित एक राज्यमन्त्रीले शपथ लिन लागेका हुन्।
कांग्रेसबाट रणबहादुर रावल आन्तरिक मामिला तथा कानुन मन्त्री, गोबिन्द बोहोरा सामाजिक विकास मन्त्री र टेकबहादुर रैका सामाजिक बिकास राज्य मन्त्रीको शपथ लिँदैछन्। प्रदेशसभामा समाजवादीको १४, माओवादीको १३, कांग्रेसको १२ र एमाले १० का दश जना सांसदन छन्। कांग्रेस सत्ता गएसँगै प्रमुखप्रतिपक्षको हैसियत एमालेले पाएको छ।