सुदूरपश्चिम सरकार पुनर्गठन, नवनियुक्त मन्त्रीले लिए शपथ
नेकपा एसमा विवाद
धनगढी, २५ चैत : सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएको छ । केन्द्रको सत्ता गठबन्धनलाई नै असर पर्ने स्थिति पैदा भएपछि माओवादी केन्द्रले नेतृत्व गर्दै आएको प्रदेश सरकारमा काँग्रेसलाई पनि सहभागी गराइएको हो ।
यस अघि सत्तारुढ दलहरु काँग्रेसलाई सत्तामा सहभागि गराउने पक्षमा थिएन् । काँग्रेस प्रदेश सरकारमा सहभागी भएसँगै नेकपा (एस) मा चरम विवाद उत्पन्न भएको छ ।
शुक्रबार अबेर मुख्यमन्त्री त्रिलोचन भट्टले काँग्रेसका डा. रणबहादुर रावललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, गोबिन्द बोहरालाई सामाजिक विकास मन्त्री र टेकबहादुर रैकालाई सामाजिक विकास राज्य मन्त्रीमा नियुक्त गरेका हुन् ।
यस्तै आर्थिक मामिला मन्त्रीमा एकीकृत समाजवादीका प्रकाश रावल नियुक्त भएका छन् । एकीकृत समाजवादीबाट मन्त्री रहेका आन्तरिक मामिलामन्त्री पूर्णा जोशी, समाजिक विकासमन्त्री लालबहादुर खड्का, आर्थिक मामिलामन्त्री तारा लामालाई फिर्ता बोलाइएको छ । उनीहरुले राजीनामा दिएपछि नयाँलाई नियुक्त गरिएको हो ।
यस्तै भौतिक पूर्वाधार विकास राज्यमन्त्रीबाट चुनकुुमारी चौधरी फिर्ता भएकी छन् भने एकीकृत समाजबादीकै कुलबीर चौधरी नियुक्त भएका छन् ।
अर्थ राज्यमन्त्रीबाट माया तामाङ बोहरा फिर्ता भएकी छन् भने अमर साउद नियुक्त भएका छन् । सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउदलाई पनि समाजबादीले फिर्ता बोलाएको छ । नवनियुक्त मन्त्रीलाई शपथ खुवाइएको छ ।
शपथ ग्रहण कार्यक्रममा नेकपा (एस) का अधिकांश मन्त्री तथा सांसद अनुपस्थित भएका थिए । निवर्तमान आन्तरिक मामिल तथा कानुनमन्त्री पूर्णा जोशीले पार्टीले सबैले मन्त्रीले सामुहिक राजीनामा दिने निर्णय गरेको तर संसदीय दलका नेता दीर्घ सोडारीले त्यो निर्णयको कार्यान्वयन नगरेको बताइन् । उनले भनिन् पार्टीको निर्णय नमान्नेलाई पार्टीले के गर्छ हेर्न बाँकी छ । उता, पार्टीको निर्णय नमानेको आरोप लागेको भौतिक पूर्वाधार मन्त्री तथा संसदीय दलका नेता दीर्घ सोडारीले भने त्यसबारे कुनै प्रतिक्रिया दिन चाहेनन् ।
स्थानीय चुनावामा केन्द्रको गठबन्धन सुदूरपश्चिमा असर पर्ने भएपछि काँग्रेसलाई सरकारमा सहभागी गराइएको जनाएको छ । प्रदेशसभामा समाजवादीको १४, माओवादीको १३, कांग्रेसको १२ र एमाले १० का दश जना सांसद छन् । अव सुदूरपश्चिममा प्रखुम प्रतिपक्ष दल नेकपा एमाले भएको छ । एकीकृत समाजवादीले भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारी वाहेक लाई हेरफेर गरे पनि माओवादी केन्द्रले पनि फेरिएन् ।