चुनाव रोक्न सरकारले धेरै कोसिस गरिरहेको छ : अध्यक्ष ओली

बझाङ,२८ चैत : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव रोक्न सरकारले धेरै कोसिस गरेको बताएका छन् । बझाङको चैनपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कानुन परिवर्तन गरेर, अध्यादेश ल्याएर चुनाव पर सार्न खोजिएको बताए ।

अहिलेको सरकारले स्थानीय तह जनप्रतिनिधि विहीन बनाउन खोजेको भन्दै ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भने, ‘म आग्रह गर्न चाहन्छु, त्यस्तो प्रयास नगर्नुस्, ।’ अध्यक्ष ओलीले देशभरि एमालेको पक्षमा जनलहर उर्लिएको बताएका छन् । एमालेलाई जिताउनका लागि जनता चुनावको प्रतीक्षामा रहेको उनको दाबी छ ।

भारतले मिचेको भूमि फिर्ता ल्याउन खोज्दा आफ्नो सरकार सिध्याउन खोजेको समेत ओलीको आरोप छ । नेकपा (एमाले) बझाङले आयोजना गरेको विशाल जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न पुगेका ओलीले आफू २६ वर्षपछि बझाङ पुगेको बताएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.