Agni Offset Press

एमालेको सभामा गएका युवकको नदीमा डुबेर मृत्यु

Aarati simant

बझाङ : बझाङको जयपृथ्वी नगरपालिका–१० स्थित बौलीगाड नदीमा डुबेर सोमबार एकजना युवकको मृत्यु भएको छ। वित्थडचिर गाउँपालिका–४ देउलेखका १८ वर्षीय कमल बोहराको पौडी खेल्ने क्रममा नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी ज्ञानबहादुर विष्टले बताए।

देउलेख माध्यमिक विद्यालयमा कक्षा १० अध्ययनरत बोहरा एमालेले आयोजना गरेको चुनाव केन्द्रित आमसभामा सहभागी हुन सदरमुकाम चैनपुर गएका थिए। ‘एमालेको कार्यक्रममा आएका रहेछन्। नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ,’ डिएसपी विष्टले भने। एमाले बझाङले गरेको आमसभा तथा कार्यकर्ता प्रवेश कार्यक्रममा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रमुख वक्ता थिए।

त्यही कार्यक्रमका लागि विभिन्न ठाउँबाट मानिस चैनपुरमा जम्मा भएका थिए। नदीमा डुबेर ज्यान जाने बोहरा पनि एमालेको कार्यक्रमका लागि नै चैनपुर गएको खुलेको छ। ठूलो संख्यामा मानिसको उपस्थिति गरेर उल्लासमय बनेको बझाङको माहोल घटनाले शोकाकुल भएको छ। वि.सं. २०५१०५२ पछि पहिलो पटक बझाङ पुगेका पूर्व प्रधानमन्त्री ओलीको सम्बोधन सुन्न गएका बोहराको नदीमा डुबेर मृत्यु भएको हो। उनको शव अहिले जिल्ला अस्पताल बझाङमा राखिएको छ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.