
जति वेला मुलुकमा दुई दशकपछि स्थानीय तहको निर्वाचनको संघारमा थियो । २०७४ असारमा स्थानीय तहको सरकारले घोषणा गरेको थियो । त्यति वेला सुदूरपश्मिको केन्द्रविन्दुु मानिने कैलालीको अत्तरियाबाट अग्नी पोष्ट दैनिक पत्रिकाले आफ्नो प्रकाशन सुरु गरेको थियो । अत्तरिया क्षेत्रमा कुनै पनि पत्रिका प्रकाशन नभएको अवस्थामा थोरै जनशक्तिमा अग्नी पोष्टले आफ्नो प्रकाशन सुरु गरेको थियो ।
कैलालीमा सञ्चार माध्यामहरुको संख्या बढीरहेको अवस्थामा आफुलाई स्थापीत गर्न अग्नी पोष्टलाई ठूलो चुनौती थियो । चुनौतीका बाबजुद पनि अग्नी पोष्टले आफ्नो पाँच बर्ष सफलताका साथ पार गरेको छ । छठौँ बर्षमा प्रवेश गरिरहँदा आफुलाई सच्चा पहरेदारको रुपमा सत्य, तथ्य, निष्पक्ष, जनमुखी र पारदर्शी पत्रिकाको रुपमा उदाएको अग्नी पोष्ट दैनिक सुरुमै प्रेस काउन्सिले गर्ने बर्गीकरणमा ख बर्गमा सफल भयो । त्यस पछिको दोस्रो बर्षमा घ र फेरि तेस्रो बर्षमा ख बर्गमा पर्न सफल भएको छ ।
भन्छन् मोफसलबाट सञ्चार माध्यायम सञ्चालन गर्नु फलामको च्युरा चपाउनु सरह नै हो । त्यसमाथि अत्तरियामा पत्रिकाको अभ्यास गर्नु कम चुनौतिपुर्ण थिएन । जहाँ कुनै पनि व्यवसायी, उद्योग थिएनन् ।
सञ्चार क्षेत्रमा निरन्तर पाठक र शुभचिन्तकको मन जितेर अगाडी बढनु कठिन बिषय हो । बदलिँदो समाज सँगै पाठकले चाहेजस्तै सुचना र मनोरञ्जन प्रदान गरेर आफुलाई उत्कृष्ट सावित गर्नु ज्यादै कठिन थियो ।
छठौँ बर्षमा अग्नी पोष्ट दैनिकले छुट्टै अग्नी समाचार अनलाईन समेत सञ्चालनमा ल्याउन सफल भएको छ । त्यसले गर्दा अहिले संसारका घटनाहरु एक क्लिकमा हामी सहजै उपलब्ध गर्ने अबस्थामा पुगेका छौँ । यो सबै सुचना र प्रबिधिको विकासका कारण सम्भव भएको छ । हामीलाई अब्बल सावित गर्न धेरै सहकर्मीहरु र हाम्रा पाठक र शुभचिन्तकहरु जुटनुभएको छ ।
अत्तरिया क्षेत्रमा हुने हरेक बिकृति र बिसंगतिका बिरुद्ध हामीले कलम चलाईरहयौँ, राम्रा कामलाई प्रोत्साहन गर्दै समाजका हरेका गतिबिधिलाई चिरफार गर्न सफल भयौँ । बिकराल परिस्थितिमा हामी कहिले बिचलित भएनौँ, त्यसकै परिणाम स्वरुप आज हामी अत्तरिया क्षेत्रमा स्थापित भएका छौँ ।
छठौँ जन्मोत्सबका अवसरमा बिगतमा गरेका राम्रा कामलाई आत्मासाथ गर्दै, खराब कामबाट पाठ सिकेर अगाडि बढदै थप जनमासमा लोकप्रिय बन्दै अगाडी बढ्ने प्रण गर्दछौँ । थप परिष्कृत बन्दै सबै बर्ग, क्षेत्र, समुदायलाई समेटेर सबैको साझा सञ्चारमाध्यायमका रुपमा विकास गर्दै अघि बढने बाचा समेत गर्दछौ ।
आज नेपालीहरुको नयाँ बर्ष अर्थात सुदूरपश्चिमेलीहरुको विसु पर्व त्यसको सबै जातजाति र समुदायका सुख, शान्ति, दिर्घायु, समृद्धि, अमनचयन साथै उत्तरोत्तर प्रगतिको शुभकामना सहित यो यात्रामा साथ दिने सम्पुर्ण सहकर्मी, पाठक, बिज्ञापनदाता, शुभचिन्तक, प्रेस काउन्सिल लगायत सम्पुर्ण महानुभावहरुमा हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछौँ ।
