एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा टीकापुरमा एक जनाको मृत्यु

धनगढी : कैलालीको टीकापुर नगरपालिका ४ मौरनीयामा एम्बुलेन्स र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। टीकापुर नगरपालिका ४ मोरनीयामा भे १ च २४०९ नम्बरको एम्बुलेन्स र से २ प ३२८४ नम्बरको मोटरसाइल आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार जानकी गाउँपालिका-३ का ५० वर्षीय छोटेलाल चौधरीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका कैलालीका प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहले बताए । दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको कोहलपुरमा उपचारका क्रममा हिजो राति नै मृत्यु भएको निरीक्षक सिंहले जानकरी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.