काँडामा शिक्षक संगठन पालिका सदस्यसहित एकसय घरधुरी एमाले परित्याग गरी कांग्रेस प्रवेश

बाजुरा : बाजुराको खप्तड छेडेदह गाउँपालिका– १ काँडामा शिक्षक संगठनका पालिका सदस्यसहित एकसय परिवार नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका छन् । लामो समयदेखि एमालेको विभिन्न संगठनमा सक्रिय रहेका शिक्षक संगठन गाउँ कमिटी सदस्य उदय रोकाया, शिक्षक मंगल शाह सहित एकसय परिवार नेपाली कांग्रेस प्रवेश गरेका हुन् ।

वडा प्रचारप्रसार समितिले शनिबार गरेको चुनाव प्रचार तथा पार्टी प्रवेश कार्यक्रममा उनीहरूलाई वडा अध्यक्षमा उम्मेदवार वीरबहादुर रावलले प्रवेश गराएको कांग्रेसका सक्रिय कार्यकर्ता मंगल रावलले जानकारी दिए । शिक्षक उदय रोकायका नेतृत्वमा ५८ परिवार एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका हुन् । यस्तै एमालेको टोल कमिटी अध्यक्ष कृष्णबहादुर रावलसहित ३८ परिवार समेत कांग्रेस प्रवेश गरेको रावलले बताए ।

नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गर्ने एमाले सक्रिय कार्यकर्ताहरूमा प्रसाद रावल, बलबहादुर रावल, दीपकबहादुर रावल, विर्क रावल, सुर्मा रावल, नामसरा रावल, कला रावल, दिलूदेवी रावल, देवी रावल, सुर्मादेवी रावल, कृष्णबहादुर सार्की, जानु विक, सीता विक, चन्द्रा विक, शर्मिला विक, सुमित्रा विक लगायत छन् ।

सो क्रममा शिक्षक उदय रोकायाले एमालेबाट मुलुकको विकास र गरिब जनताको मुक्ति नहुने भन्दै जनताको आशा लाग्दो पार्टी नेपाली कांग्रेस भन्ने ठहरका साथ कांग्रेस छोडी माओवादी केन्द्र प्रदेश गरेको बताए । एमालेमा बसी संगठन गरेर समय बरबाद गरेको महसुस भएको उनको भनाई थियो ।

नव प्रवेशी कार्यकर्तालाई वडा अध्यक्षका सर्वसम्मत उम्मेदवार वीरबहादुर रावलले टिका लगाएर कांग्रेस प्रवेश गराएका थिए । जनतालाई सुख दुःखमा साथ दिने पार्टी नेपाली कांग्रेस भएकाले कांग्रेस प्रवेश गर्नेको लर्को लागेको उम्मेदवार रावलको भनाई थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.