गोदावरी नगरमा एमालेका ९ जना दाबेदार

अत्तरिया : नेकपा एमालेको तर्फबाट गोदावरीको नगर प्रमुखका लागि नौ जनाले दाबी गरेका छन्। दाबी पेस गर्नेमा हालका नगरप्रमुख हरिसिंह साउद, नगर कमिटीका अध्यक्ष गोकर्ण भट्ट, प्रदेश कमिटी सदस्य मानबहादुर रावल, दामोदर रिजाल, जिल्ला कमिटी सदस्य गणेश जिमी साउद, आनन्द भट्ट रहेका छन्।

यस्तै तीर्थराज ओझा, नरेन्द्र शर्मा र बाजी विकले पनि मेयरमा दाबी पेस गरेका छन्। उपप्रमुखमा तीन जनाको दाबी पेस भएको छ। दाबी गर्नेमा शारदा रोकाया, रत्ना कुँवर ९जोशी० र गंगा चौधरी रहेका छन्।

नेकपा एमाले गोदावरी नगरपालिका इन्चार्ज आनन्द भट्टले पार्टीमा अहिले जति जना उम्मेदवार देखिए पनि एक भएर जाने बताएका छन्। म पनि एक दाबेदार हुँ। लोकतन्त्रमा दाबेदारी प्रस्तुत गर्ने अधिकार सबैको छ। तर, पार्टीको केन्द्रीय निर्देशनलाई हामी आत्मसात् गर्ने छौँ’ उनले भने। उनले तीन वर्षमा एमालेको नेतृत्वमा गोदावरीमा ठूलो विकास र परिवर्तन भएको दाबी गरेका छन्।

गोदावरीमा कुनै दलसँग साझेदारी नगर्दा पनि एमाले बलियो रहेकाले जित्ने निश्चित रहेको भट्टको दाबी छ। उनले जनताको भावना बुझ्न सक्ने नेता नै आजको आवश्यकता रहेको बताउँदै सोही प्रवृत्तिको व्यक्तिलाई सहमतिका आधारमा मेयरको उम्मेदवार बनाइने बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.