एकीकृत समाजवादीबाट धनगढीको मेयर र उपमेयरको नाम सिफारिस
धनगढी, ४ बैशाख : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयरको नाम सिफारिस गरेको छ । मेयरमा मदनराज रेग्मी, लोकेन्द्र बानियाँ को नाम सिफारिस गरेको छ ।
आइतबार धनगढी उपमहानगर कमिटीको बैंठकले मेयर र उपमेयरका लागि नाम सिफारिस गरेको हो । उमहानगरका उपमेयरमा रोजी बस्नेतलाई सर्बसम्मत उम्मेदवार छनौट गरेको छ । नगर प्रमुखका उम्मेद्वार रेग्मी धनगढी उपमहानगर कमिटी अध्यक्ष हुन भने बाँनिया प्रदेश कमिटी सदस्य हुन । उपमेयर बस्नेत उपमहानगर कमिटी उपाध्यक्ष हुन ।
१९ वटा वडा रहेको धनगढी उपमहानगरका सबै वडामा समाजवादीले उम्मेदबाररी घोषणा गरी चुनाबमा होमिने निर्णय समेत नगर कमिटीले गरेको छ । वडाध्यक्षको सवालमा वडाबाट आएका सिफारिसका आधारमा जिल्ला किमटीले टुंग्याउने छ भने वडा सदस्यको हकमा नगर कमिटीले उम्मेद्वार चयन गर्ने नगर कमिटी अध्यक्ष मदन रेग्मीले बताए । समाजवादीले नगरका १९ वटै वडामा वटा कमिटी र टोल कमिटी गठन गरिसकेको छ । उपमहानगरपालिकामा समाजवादीले ८ हजार बढी सदस्यता वितरण गरेको जनाएको छ ।