बाजुरामा पेचिलो बन्दै चुनावी गठबन्धन

बाजुरा : बाजुरामा स्थानीय तह निर्वाचनमा चुनावी गठबन्धन प्रक्रिया सकसपूर्ण बन्दै गएको छ । गठबन्धनमा आवद्ध नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बीच भागवण्डामा कुरा नमिले पछि चुनावी सहकार्यमा थप पेचिलो देखिएको हो ।
लगातारको छलफलमा पनि आधारभुत सहमति समेत नहुँदा तीन वटै दलले अन्तः आ आफ्नो दाबी सहीत प्रदेश कमिटीलाई सिफारिस गरेका छन् । गठबन्धनको आधारभुत सहमति सहीतको खाका शनिबार नै पठाउनु पर्ने भएपनि तीन वटै दलले आईतबार मात्र प्रदेशमा सिफारिस गरेको गठबन्धन सहकार्य कार्यदल बाजुराका सदस्य एवं नेपाली काँग्रेसका सहसचिव कृष्णराज पाध्यायले बताए ।
आपसी सहमतिकै प्रयासमा जुटेका तीन दलका नेताहरुले आ आफ्नै दाबी नछोडेपछि अन्तिममा आएर आ आफ्नै दलका दाबी सहीत उम्मेदवारका आकांक्षी नामहरु प्रदेशलाई पठाएको हो । नेपाली काँग्रेसले जिल्लाका नौ वटा स्थानीय तह मध्ये माओवादी र समाजवादीलाई एउटा स्थानीय तहको पनि प्रमुख दिन नसकिने अडान राखेपछि सहमति हुन नसकेको बुझीएको छ ।
नेपाली काँग्रेसले नौ वटै स्थानीय तहका काँग्रेसको बलियो मतभार र प्रष्ट जित्ने आधार हुँदा हुँदै गठबन्धनको नाममा अध्यक्ष नै अरुलाई दिन नसकिने दाबी गरिरहेको छ । माओवादी र समाजवादीले एक एक वटा पालिकामा अध्यक्ष पद दिन गरेको आग्रहलाई समेत नेपाली काँग्रेसले स्वीकार गर्न सकेका छैनन् ।
नेकपा माओवादी केन्द्रले जगन्नाथ गाउँपालिकामा अध्यक्ष र एकीकृत समाजवादीले स्वामिकात्र्तिक खापर गाउँपालिकामा अध्यक्षको दाबी गरेको हो । तरपनि नेपाली काँग्रेसले उपाध्यक्ष मात्र दिन सकिने र त्यसैमा सहमति गर्न आग्रह गरिरहेको छ ।
नौ वटै पालिकामा अध्यक्ष सहीत २ पालिकामा उपाध्यक्ष छोड्ने दाबी सहीत नेपाली काँग्रेसले प्रदेशलाई सिफारिस पत्र पठाएको छ । भने माओवादीले जगन्नाथ र समाजवादीले स्वामिकात्र्तिक खापर गाउँपालिका अध्यक्ष सहीत दुबै पार्टी गरेर ६ वटामा उपाध्यक्ष, उपप्रमुखको माग दाबी सहित प्रदेशलाई सिफारिस पत्र पठाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.