गोदावरी १ बाट वडा अध्यक्षमा कांग्रेसबाट देवकोटाको दाबी
अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षमा नेपाली कांग्रेसबाट असोकराज देवकोटाले े दाबी पेश गरेका छन । उनले वडा कार्यालयले अध्यक्षमा आकांक्षीको मंगलबार आफ्नो दाबी पेश गरेका हुन ।
वडा अध्यक्षमा आफ्नो दाबी पेश गर्दै देवकोटाले वडालाई देशकै नमूना वडा बनाउने आफूसंग योजना उद्घोष गरे । उनले आफूले वडाको शिक्षा, स्वास्थ्य र रोजगारलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने बताए ।
उनले रोजगार बृद्धिका लागि कृषिलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने बताए । बाटोघाटो निर्माण र अन्य भौतिक संरचनाका काम भने स्थानीयको आवश्यकता अनुसार पुरा गर्दै जाने उनले बताए । देवकोटा अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष समेत हुन् ।