ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते
अत्तरिया : कैलालीको मोहन्याल गाउँपालिका–५ सिहासन सामुदायिक बन नजिक म १ क ४०७ नम्बरको मिनि ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक घाइते छन् ।
ट्रक आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १ सय २० मिटर तल खसेर दुर्घटना हुँदा ट्रक चालक गौरीगंगा नगरपालिका–४ बस्ने ४५ वर्षीय थम्मन प्रसाद सापकोटाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका सह चालकको धनगढीमा उपचार भइरहेको छ ।