गोदावरी नगरपालिका : नेतृ लक्ष्मी भट्टको उपमेयरमा दावी, को हुन् भट्ट ?

अत्तरिया, ७ बैशाख : कैलालीको गोदावरी नगरपालिकाबाट काँग्रेस नेतृ लक्ष्मीकुमारी भट्टले उपमेयरमा दावी गरेकी छन् । लामो समय देखि काँग्रेसमा रहेर राजनीति गदैँ आएकी भट्ट वकालत पेशमा समेत संलग्न रहेकी छन् । कैलाली बहुमुखी क्याम्पसबाट नेपाल विद्यार्थी संघको इकाई कमिटिमा रहेर उनले काम गरेकी थिईन् । ‘जति वेला महिलाहरु पदमा बस्न मान्दैन् थिए’, उनले भनिन् । ‘त्यति बेला अर्थात ५०÷५१ देखि पार्टीका विभिन्न भातृसंगठनमा रहेर काम गरेको हो ।’
उनले नेपालको संविधान अनुसार उपमेयरलाई न्यायक समितिको पनि जिम्मेवारी दिएको हुँदा आफु उक्त पदमा दावी गरेका बताईकी छन् । उनले आफूले उपमेयरको भएमा वकालतको अनुभव न्यायीक समितिमा लगाउने बताइन् । ‘उपमेयरको मुख्य काम न्यायीक समिति संचालन गर्नु हो । त्यसमा वकालत क्षेत्रमा काम गरेको अनुभवी भएको व्यक्ती चुनिए अझै काम गर्न सहज हुन्छ’ उनले उनिन् ‘कसैको सहारा विना नै उपमेयर पदमा काम गर्ने हैसियत छ ।’ उनले पार्टीको नगर कार्यालयले आकांक्षीको नाम माग गरेकोमा आफ्नो दाबी पेश गरेकी छन् । भट्ट विगत ७ बर्ष देखि वकालत पेशामा आवद्ध छन ।
उनले नगरमा आफूले विकास निर्माणका कामलाई पनि मुख्य प्राथमिकता दिएर काम गर्ने बताइन । आफूले भष्ट्राचार नगर्ने र अरुलाई पनि भष्ट्राचार गर्न नदिने गरी काम गर्ने उनले बताइन् । उपमेयर पदमा रहेर समाजमा रहेका विकृति विसंगतिका पक्षमा लड्ने रहर रहेको उनले बताईन् । ‘समाजमा रहेका थुप्रै केसमा रहेर काम गरिसेकको छु’, उनले भने ‘अहिले पनि गरिरहेको हुँदा नगरपालिका जस्तो क्षेत्रमा उपमेयर पद पाएमा अझै हिंसामा परेका महिलाहरुलाई न्याय दिन सहज हुन्छ’ न्यायक समितिमा आउने मुद्धाका लागि अनुभव लिनु नपर्ने उनले बताईन् ।
तरुण दल महिला विभागको केन्द्रिय सदस्य समेत रहिसकेकी भट्ट हाल कांग्रेसको क्षेत्रिय प्रतिनिधि रहेकी छन । राजनीति शास्त्रमा मास्टर गरेकी भट्टले बिबिएस, विए अर्थशास्त्र र कानून विषयमा स्नातक गरेकी छन । गोदावरीमा भट्ट लगायत अन्य पाँच जनाले पनि उपमेयरमा दावी गरेका छन् । जसमा भगबती पाठक र शान्तीसिंह शाही, शारदा कुमारी साउँद , जानकी पाल, शिवादेबी कडायत छन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.