प्राथमिकता तालमेलमै हो, समस्या भयो भने मित्रवत् प्रतिस्पर्धा हुन्छः प्रचण्ड
अत्तरिया : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा समस्या भएको ठाउँमा मात्रै ‘मित्रवत् प्रतिस्पर्धा’ हुने बताएका छन्।
सत्तारुढ गठबन्धनभित्र महानगर र उपमहानगरपालिकाको भागबन्डा टुंग्याएर आज सुदूरपश्चिम पुगेका प्रचण्डले चुनावी तालमेलबारे बताएका हुन्। धनगढी विमानस्थलमा सञ्सचारकर्मीसँग कुरा गर्दै प्रचण्डले भने, ‘प्राथमिकता तालमेलमा नै हो। कहीँ कतै समस्या पर्यो भने त्यस्तो ठाउँमा मित्रतापूर्ण ढंगले प्रतिस्पर्धा गर्न सकिन्छ भन्न खोजेको हो।’
साथै उनले गठबन्धनको जोड तालमेलमै रहेको बताए। ‘गठबन्धनभित्र तालमेलमा अधिकतम जोड गर्ने निर्णय हामीले गरेका छौं’, उनले भने। निर्वाचन सर्नसक्ने चर्चाकाबीच प्रचण्डले तोकिएकै समयमा निर्वाचन हुने बताए। ‘वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुनेमा कुनै कन्फ्युजन छैन’, प्रचण्डले सत्तारुढ गठबन्धनले हिजो बुधबार मात्रै महानगर र उपमहानगरपालिकाको टुंगो लगाएको थियो।