गोदावरीमा ममोनयन गर्ने कार्यतालिका दल अनुसार यस्तो छ (कार्यतालिका सहित)

अत्तरिया : बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि ११ र १२ गते मनोनयन दर्ता गर्ने समय निर्वाचन आयोगले छुट्याएको छ । गोदावरीमा निर्वाचन अधिकृत कार्यालयले बारेमा शनिबार छलफल गरेको छ । निर्वाचन अधिकृत को कार्यालयले सर्बदलिय छलफलका क्रममा दलहरुसंग मनोनयनको समय माग गरेका थिए ।

दलहरूले पनि आ आफ्नो अनुकुल को समय दिएका छन् । मनोनयन गर्दा भिडभाड नहोस् भनेर दलहरु संग अलग अलग समय मागिएको सहायक निर्वाचन अधिकृत शिवराज भाटले बताए । मनोनयन दर्ता गर्ने क्रममा आचार संहिता को पुर्ण पालना गर्न निर्वाचन आयोगले अनुरोध समेत गरेको छ । निर्वाचन अधिकृतको कार्यालय र दलहरु बिच भएको मनोनयन गर्ने समय को सहमति यस्तो छ ।

मनोनयन गर्ने समय तालिका

बिबेकशिल साझा पार्टी ( बैशाख ११ गते दिउँसो २ बजे,

नेपाल लोकतान्त्रिक पार्टी (बैशाख ११ गते मध्याह्न १२ बजे

नेकपा ( एमाले) ( बैशाख १२ गते दिउँसो १ बजे

नेपाली काँग्रेस ( बैशाख १२ गते दिउँसो ३ बजे

नेकपा (एकीकृत समाजबादी) (बैशाख १२ गते दिउँसो २ बजे

नेकपा (माओवादी) (बैशाख १२ गते दिउँसो ४ बजे

राष्ट्रिय जनमोर्चा ( बैशाख १२ गते मध्यान्ह १२ बजे

राष्ट्रिय प्रजातन्त्र पार्टी ( बैशाख १२ गते बिहान ११ बजे

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.