कैलालीमा मात्रै तालमेल गर्नुपर्ने बाध्यता के थियो : कांग्रेस प्रदेश महामन्त्री शाह

अत्तरिया : नेपाली कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाहले कैलालीमा सत्ता गठबन्धनबीच भएको चुनावी तालमेलप्रति असन्तुष्टि जनाएका छन्। कैलालीका १३ पालिकामध्ये कांग्रेसले आफूसँग ७ पालिका राखेर नेकपा माओवादी केन्द्रलाई ४ पालिका र नेकपा एकीकृत समाजवादीलाई २ पालिका दिएपछि उनले असन्तुष्टि व्यक्त गरेका हुन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा गठबन्धनको महत्वपूर्ण छलफलमा केन्द्रीय सदस्यहरुले सल्लाह नै नदिएको पनि उल्लेख गरेका छन्। महामन्त्री शाहले सुदूरपश्चिमका अन्य जिल्लामा गठबन्धनमा रहेका दलहरुबीच मित्रवत प्रतिष्पर्धा गर्ने भनिए पनि कैलालीमा मात्रै गठबन्धन गर्नुको बाध्यता प्रति प्रश्न गरेका छन्।
सुदूरपश्चिमका अन्य जिल्लामा कहीँ कुरा नमिले मित्रवत प्रतिस्पर्धा गर्ने, तर कैलालीका हकमा सबै स्थानीय तहमा गठबन्धन गर्ने बाध्यात्मक परिस्थिति के आई लाग्योरु,’ उनले प्रश्न गर्दै भनेका छन्, ‘गठबन्धन भए सबै जिल्लामा हुनुपर्छ, नभए कहीँ हुनुहुँदैन। मेरो पूर्ण असहमति।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.