धनगढीका वडा अध्यक्ष ऐरले स्वतन्त्र उम्मदेवारी दिने, मेयरमा हमाललाई समर्थन

धनगढी : धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष बलहादुर ऐरले फेरि वडा अध्यक्षमा उम्मेदवारी दिने भएका छन्। २०७४ सालमा स्थानीय चुनावमा माओवादी केन्द्रबाट विजयी भएका ऐरले यसपटक स्वतन्त्र उम्मेदवारी दिने भएका हुन्।

मेयरमा स्वतन्त्र उम्मेदवार हमाललाई समर्थन गर्ने बताउदै ऐरले भने, ‘हमालकै टिमबाट उम्मेदवारी दिइरहेको छु।‘ ऐरसंगै २३ जना वडा कमिटी सदस्यसहित १७५ जनाले पार्टी परित्याग गरेका छन्।

वडा नम्बर ३ मा वडा अध्यक्षसहित वडा सदस्यमा पनि स्वतन्त्र उम्मेदवारी दिने ऐरले बताए। ऐरले यसअघि नै वडा अध्यक्षबाट राजीनामा दिइसकेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.