गोदावरी काँग्रेस द्वारा स्थानीयतह निर्वाचनलाई लक्षित गरी समिति गठन

अत्तरिया : नेपाली कांग्रेस गोदावरी नगर समितिले स्थानीय तह निर्वाचनलाई लक्षित गरी बिभिन्न समिति गठन गरेको छ । बुधबार कांग्रेस गोदावरी नगर समितिको बैठकले यहि बैशाख ३० गते हुने निर्वाचनलाई लक्षित गरी समितिहरु गठन गरेको हो ।
समिति अन्र्तगत बिरबहादुर चोखालको संयोजकत्वमा प्रचार–प्रसार समिति, योगेश भट्टको संयोजकत्वमा आर्थीक संकलन समिति, दिलिपकुमार साउँदको संयोजकत्वमा युवा परिचालन समिति, र अशोक राज देवकोटाको संयोजकत्वमा सूचना संचार÷यातायात÷सचिवालय समिति गठन जनाएको छ ।
यस्तै, गरी जगत महराको संयोजकत्वमा विद्यार्थी परिचालन समिति, लक्ष्मी भण्डारीको संयोजकत्वमा महिला परिचालन समिति, धनीराम पनेरुको संयोजकत्वमा भोजन व्यवस्थापन समिति गठन गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.