आज उम्मेदवारी फिर्ता लिने अन्तिम दिन, भोलि चुनाव चिह्न प्रदान

अत्तरिया : स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएकाहरुले आज दिउँसोसम्म उम्मेदवारी फिर्ता लिन पाउनेछन् । फिर्ता लिने लिइसकेपछि निर्वाचन आयोगले आजै साँझ उम्मेदवारको अन्तिम अन्तिम नामावली प्रकाशन गर्नेछ ।

दाबी, विरोध, उजुरीमाथि छानबिन गरी आयोगले हिजो उम्मेदवारको नामावली प्रकाशन गरेको थियो । बागी उम्मेदवारी दिनेले पनि आज उम्मेदवारी लिन पाउनेछन् । विभिन्न दलबाट बागी उम्मेदवारी दिनेलाई फिर्ता गराउन नेताहरु लागि परेका छन् ।

स्थानीय निर्वाचनका लागि एक लाख ५३ हजार १४५ जनाको उमेदवारी मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले भोलि उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्दैछ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.