देउवाका गृह जिल्लामा विपि कांग्रेस र एमालेको संयुक्त सम्पर्क कार्यालय

डडेल्धुरा : स्थानीय तहको निर्वाचनका लागि चुनावी तालमेल गरेको नेपाली कांँग्रेस (विपी) र नेकपा एमालेले डडेल्धुराको अमरगढीमा संयुक्त सम्पर्क कार्यालयको स्थापना गरेको छ । डडेल्धुरा काँग्रेस सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला हो ।
शुक्रबार डडेल्धुरा जिल्ला सदरमुकाम तुफानडाँडा संयुक्त चुनावी सम्पर्क कार्यालयको उद्घाटन नेपाली काँग्रेसका निर्वतमान सभापति कर्णबहादुर मल्लले रिबन काटेर कार्यालय उद्घाटन गरेको हुन ।
कार्यालय उद्घाटन कार्यक्रममा नगर प्रमुखका उम्मेदवार हरिप्रसाद भट्ट उपप्रमुखका उम्मेदवार यज्ञराज अवस्थीले बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा नगरवासी जनताको न्याय र नगर विकासका लागि उम्मेद्वारी रहेको बताए ।
नगर प्रमुखका नेपाली कांग्रेसका उम्मेदवार हरिप्रसाद भट्ट करुवा चुनाव चिन्ह र उप प्रमुखका उम्मेदवार नेकपा एमाले नेता यज्ञराज अवस्थीले सुर्य चुनाव चिन्ह लिएर चुनावी मैदानमा छन् ।
चुनावी कार्यालय उद्घाटन कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटी सदस्य पूर्व जिविस सभापति गजेन्द्र शाही, बर्तमान नगर प्रमुख विश्वेश्वर प्रसाद ओझा, कांग्रेस विपीका सभापति तथा केन्द्रीय सदस्य तिलक हमाल, नेता करुणाकरण् भट्ट, नेकपा एमाले पार्टी अध्यक्ष प्रकाशबहादुर साउद, एमालेको सचिव गजेन्द्र शाही लगायत नेता कार्यकर्ताहरुको उपस्थिति थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.